पथरीशनिश्चरे नगरपालिकाको संक्षिप्त परिचय

पथरीशनिश्चरे नगरपालिकाको संक्षिप्त परिचय

मोरङ जिल्लाको उत्तर पूर्र्वी क्षेत्रमा पूर्व पश्चिम राजमार्गसँग जोडिएका साबिक पथरी र शनिश्चरे गा.वि.स. लाई मिलाएरबि.सं. २०७१ सालमा पथरी शनिश्चरे नगरपालिका गठन भएको थियो । नेपाल सरकारबाट स्थानीय तहको पुनःसंरचना गर्ने क्रममा साविक हसन्दह गा.वि.स.लाई समेत मिलाएर मिति २०७३ फाल्गुन २७ गते हालको पथरीशनिश्चरे नगरपालिका स्थापना भएको हो । यस नगरपालिकाको जनसंख्या राष्ट्रिय जनगणना  २०७८ को प्रारम्भिक नतिजा अनुसार ७२,६८९ रहेको छ।

भौगोलिक अवस्थिति
 

  • अक्षांश – दक्षिणमा २६°३६’ र उत्तरमा २७°३९’
  • देशान्तर – पश्चिममा ८७°३1’ पू्र्बमा ८७°34’
  • सिमाना  पू्र्ब : उर्लाबारी नगरपालिका
  • पश्चिम : कानेपोखरी गाउँपालिका
  • उत्तर : लेटाङ नगरपालिका
  • दक्षिण : सुनवर्षी नगरपालिका
  • वडा संख्य : १०
  • क्षेत्रफल : ७९.८१ बर्ग कि.मि.
  • कृषियोग्य जमिन : ९,५९८ हेक्टर
  • कृषि क्षेत्र : ८५ प्रतिशत
  • गैरकृषि क्षेत्र : १५ प्रतिशत
  • घरधुरी संख्या : १६,६२१ (राष्ट्रिय जनगणना २०७८)
  • परिवार संख्याः १८,१९१  (राष्ट्रिय जनगणना २०७८)
  • महिला : ३८,४२६  (राष्ट्रिय जनगणना २०७८)
  • पुरुष :    ३४,२६३ (राष्ट्रिय जनगणना २०७८)
  • अपाङ्गता भएकाहरु : १,३६९
  • जातजाति : ४७ ( ३३ भाषाभाषी)
  • साक्षरता प्रतिशत : ८१.६४        

 

           यो नगरपालिका पुर्ब–पश्चिम लोकमार्गको करिब ४ ( चार ) कि.मि. मा फैलिएको छ । पूर्बमा सु्नझोडा खोला र बक्राहा खोला तथा पश्चिममा डाँस मोरङ्गी खोलाले छुट्याएको छ । यस नगरपालिकाका बासिन्दाको मु्ख्य पेशा कृषि हो भने अन्यमा ब्यापार ब्यबसाय रोजगारी लगायत रहेको छ । यस नगरपालिकाभित्र बग्ने पथरीखोला मुख्य सिंचाईको श्रोत हो भने जाल्पा भुल्के देबि मन्दिर क्षेत्रको आसपासमा प्रशस्त सिमसार क्षेत्र रहेको छ जो पर्यटकीय दृष्टिकोणबाट अत्याधिक महत्वूपर्ण मानिन्छ ।

स्वास्थ्य अवस्था
यस नगरपालिकामा सरकारी स्तरमा ३ वटास्वास्थ्य चौकीहरु र १ शहरी स्वास्थ्य केन्द्र रहेका छन् भने निजि स्तरबाट समेट अस्पताल/नसिंङ्ग होम तथा स्वास्थ्य क्लिनिकहरु सञ्चालनमा रहेका छन् ।

शैक्षिक स्थिति
यस नगरपालिका क्षेत्रमा एउटा पथरी बहुमखी क्याम्पस, सरकारी तथा गैर सरकारी क्षेत्रमा खुलेका माध्यामिक तथा आधारभूत विद्यालयहरु रहेका छन् ।

यस नगरपालिका क्षेत्रमा इलाका प्रहरी कार्यालय – १, सशस्त्र प्रहरी बेस क्याम्प – २, र प्रहरी चौकी – १ वटा , इलाका ट्राफिक प्रहरी कार्यालय – १, इलाका बन कार्यालय – १, इलाका हुलाक कार्यालय – १ अतिरिक्त हुलाक कार्यालयहरु रहेका छन् ।