फोटो ग्यालरी

पथरी शनिश्चरे १९ फागुन

दोस्रो पथरी शनिश्चरे फुटबल प्रिमियर लिग २०७८ सुरू भेको छ ।

इन्ट्रा फाउण्डेसन अफ अमेरिकाको मुख्य प्रायोजन र पथरी शनिश्चरे नगरपालिका सहितको सहयोगमा संचालित प्रतियोगिताको नगर प्रमुख दिलीपकुमार राईले उद्घाटन गर्नु भयो । सो अवसरमा बोल्दै उहाँले नगरलाई खेलकुदले चिनाएको जनाउँदै खेलकुदको विकासमा नगरपालिकाले सहयोगी गतिविधि गर्दै आएको बताउनु भयो ।

उद्घाटन खेलमा सुन्य को बिरुद्द एक गोल गरेर वडा नम्बर १ को सिखर एफसीले १० को वाइजीएफटीलाई पराजित गरेको थियो । इन्ट्रा फाउण्डेसनका गूड् विल एम्बासेडर तथा चर्चित नायक रमित ढुङ्गाना, जिल्ल फुटबल संघका अध्यक्ष दिपेन्द्र धिमाल लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो । प्रतियोगितामा भूटानी शरणार्थी शिविरको १ र अन्य ७ गरि नगरका ८ टिमको सहभागिता रहेको छ ।

, , , , ,

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन गर्दा नीतिगत अप्ठेरोका बारेमा छलफलका लागि आज मोरङको पथरी शनिश्चरेमा संघीयता सहजिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

Pages